नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा

नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठमा हुने भएको छ । बर्दियाको ठाकुरद्वारामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी जेठ १३ र १४ गते गर्ने निर्णय गरेको हो ।

अध्यक्ष बद्री सिग्देलले प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको जानकारी दिए । उनकाअनुसार महाधिवेशन स्थलको टुंगो सचिवालयले लगाउने छ ।

यसअघि युनियनले गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेर महाधिवेशनको तयारीसमेत थालनी गरिसकेको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महाधिवेशन स्थगित गरिएको थियो ।

युनियनका प्रतिष्ठान, जिल्ला र विदेश गरि ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष सिग्देलले बताए ।

Leave a Reply