टी-१० लिग: मराठाको लगातार तेस्राे हार, सोमपालले लिए विकेट

टी-१० लिग:  मराठाको लगातार तेस्राे हार, सोमपालले लिए विकेट

यूएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली खेलाडि सोमपाल कामी आवद्ध मराठा अरबियन्सले लगातार तेस्राे हार बेहाेरेकाे छ । मंगलबार आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा मराठा कलन्दर्ससँग ४ विकेटले पराजित भएको हो।

मराठाले दिएको १ सय २ रनको लक्ष्य कलन्दर्सले ८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टाउदै ४ विकेटले विजयी भएकाे हाे । उसका लागि सरजील खानले २८, कप्तान सोहल अख्तरले २०, आशिफ खलिले १०, बेन डंकले अविजित २६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।  बलिङमा यामीन अहमदजाईले दुई, सोमपाल कामी, इशान मलोहत्रा, सोयब मलिकले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनायो । उसका लागि मोहम्मद अफीजले ४४, सोयब मलिकले २३, अब्दुल शाकूरले ११, लौरी इभन्सले ९, कप्तान मोसाद्देक ओसेन र मुक्तर अलिले ४/४ रन बनाए । बलिङमा सोहेल तनवीरले तीन, सुल्तान अहमद र अहमद दानियलले एक/एक विकेट लिए ।

चौथो ओभरमा बलिङमा आएका सोमपालले कलन्दर्स कप्तान सोहल अख्तरलाई एल्बीडब्लूको सिकार बनाए । याे जारी प्रतियोगितामा पहिलो पटक विकेट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *