आर्थिक अभावले उपचार नपाइ छट्पटीदै मंगलसेन ७ कि क्यान्सर पीडित सुकि दमाई

आर्थिक अभावले उपचार नपाइ छट्पटीदै मंगलसेन ७ कि क्यान्सर पीडित सुकि दमाई

मंगलसेन न•पा ७ कि क्यान्सर पीडित सुकिको आर्थिक अभावले उपचार हुन् सकेन ।

मंगलसेन नगरपालिका वडा नम्बर ७ निवासी झन्करे नेपालीकि श्रीमति ६२ बर्सिय  सुकि दमाई बिगत एक बर्ष बाट क्यान्सर रोग बाट ग्रसित छन् ।

आर्थिक अवस्था निकै कमजोर भएको कारण अहिलेसम्म उपचार हुन् नसकेको उहाँका श्रीमान झन्करे दमाइले बताए ।

पहिले पाखुरामा सानो घाउ भएको र अहिले आएर त्यो त्यो पाखुरामा क्यान्सर रोग लागेको उनले बताए ।

श्रीमतीको उपचार गराउँदा गराउँदै आफू संग भएको सबै पैसा सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उहाँको भनाइ छ ।

श्रीमती थलिएपछि श्रीमान् झन्करेले हेरचाह गर्दै आउनुभएको छ तर उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन भने सक्नुभएको छैन ।

सुकीको त्यो अवस्था देखेर सोही वडाका केही युवाहरुले उनलाई सहयोग गर्ने जमर्को गरेका छन् । सुकीको उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्नुका साथै, नगर तथा सरोकारवालालाई पनि सहयोगको माग गरेका छन् ।

कांग्रेस ७ नम्बर वडाका सभापती पदम बहादुर थ्यायतको पहलमा ति युवाहरुले सुकीको लागि आर्थिक सहयोग अभियानको थालनि गरेका छन् । थ्यायत थ्यायत सहित जन्मराज जैसी, आरपी जैसी लगायतका युवाले सहयोग अभियान चलाएका हुन् ।

सुकीको उपचारका लागि तपाई पनि सहयोग गर्नु चाहानु हुन्छ भने बैँकको खाता नम्बर र सम्पर्क व्यक्तीको बिबरण यसप्रकार रहेको छ ।

खाता नं. ०१९१०९०१७३६०४०१
खातावालाको नाम झंकरे दमाई ।
ग्लोबल आईएमी बैँक मंगलसेन शाखा
सम्पर्क नं. ९७४१७८४५२८
पदम थ्यायत ९८४८४६०६९४
कमल परियार ९८६९६६२३१२
जन्मराज जैसी ९८४२८८०६१७

Leave a Reply