ठुलासैन,कालाखोला,कमासे सडकको नगर प्रमुख बोहरा द्वारा अनुगमन

ठुलासैन,कालाखोला,कमासे सडकको नगर प्रमुख बोहरा द्वारा अनुगमन

अछाम:मंगलसैन नगरपालिका अन्तर्गत वडा नम्बर ६ र ७ मा पर्ने ठुलासैन,कालाखोला ,कमासे सडकखण्डको एक टोलि द्वारा अनुगमन गरिएको छ ।

मंगलसैन नगरपालिका नगर प्रमुख पदम बोहरा र नगर उपप्रमुख एवं अनुगमन समितीका  प्रमुख सरिता उपाध्यायको नेतृत्वमा गएको टोलिले उक्त सडकखण्डको अनुगमन गरेको हो ।

प्रदेश र स्थानीय सरकारको संयुक्त रूपमा २६ लाख २६ हजारको लागतमा स्तरोन्नति गरिएको उक्त सडकको लागत रकम अनुसारको काम संतोषजनक भएको नगर प्रमुख बोहराले बताउनुभयो ।

अनुगमन पश्चात नगरप्रमुख बोहराले सडक स्थरउन्नती भए संगै नगरपालिकाको वडा नम्बर ६ र ७ का स्थानिय जनताहरु लाई आवत जावतमा सहज हुने बताउनुभयो ।

साथै उहाँलेउपभोक्ता समिति मार्फत स्तरोन्नति भएको उक्त सडक खण्डको कामप्रति खुशी व्यक्त गरेका छन् ।

उक्त सडकमा १८ सय मिटर  डबल कटिङ र  १ सय १५ घनमिटर ग्याबिन जालीको काम भएको सब इन्जिनियर सुरेश बहादुर पालले बताए ।

अनुगमन टोलिमा मंगलसैन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुंगाना ,उपभोक्ता समितीका अध्यक्ष हर्क बहादुर खड्का ,सबइन्जिनियर हरिचन्द्र  बडाल   लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply