एपीएफलाई हराउदै आर्मी बन्याे ‘पीएम कप’को विजेता

एपीएफलाई हराउदै आर्मी बन्याे ‘पीएम कप’को विजेता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधि चौथो संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको छ ।

शनिबार भएकाे फाइनल खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३३ रनले हराउँदै आर्मीले चौथो संस्करणको पीएम कपको उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ ।

आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको एपीएफले ४३.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।उसका लागि आशिफ शेखले ६१, सन्दीप जोराले २९, सुमित महर्जनले १९, शंकर रानाले २१ र सुवास खकुरेलले १४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा बिक्रम सोब, जितेन्द्र मुखिया, साहब आलमले तीन/तीन र सुशान भारीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो । उसका लागि हरि चौहानले  सर्वाधिक ५८ रन बनाए भने  राजेश पुलामीले २८, लोकेश बमले १५, सुशान भारी, रोहित पौडेलले १३/१३ साहब आलमले अविजित २५ र बिक्रम सोबले ११ रनको योगदान दिए । एपीएफका लागि शानदार बलिङ गरेका अभिनाशले ४ विकेट लिए  भने किशोर महतोले दुई, भुवन कार्की, कप्तान शरद भेषवकार र कमलसिंह ऐरीले एक/एक विकेट हात पारे ।

Leave a Reply