पूर्वराजाले दिए बधाई के टू हिमाल आरोहीलाई

पूर्वराजाले दिए बधाई के टू हिमाल आरोहीलाई

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गर्ने टोलीलाई बधाई दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले आरोही टोलीलाई बधाई दिएका हुन् । नेपाल अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्ः ‘गत वर्ष मात्रै सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा सहितको टोलीले हालसम्म कोही नपुगेको विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गरेका छन् । सर्वाधिक चिसो मौसममा पनि साहासका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु ।’

शाहले त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रष्ठिामा बृद्धि भएको सुखद अनुभूति आफुले गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *