टी-१० लिग: सोमपालआवद्ध मराठाले गर्याे विजयी सुरुवात, यस्ताे रह्याे सोमपाल प्रदर्शन

टी-१० लिग: सोमपालआवद्ध मराठाले गर्याे विजयी सुरुवात, यस्ताे रह्याे सोमपाल प्रदर्शन

काठमाडौं: युएइमा जारी चौथो संस्करणको आबुधाबी टी-१० लिगको पहिलाे खेलमा नेपाली फास्ट बलर सोमपाल कामी आवद्ध  मराठा अरबियन्स विजयी भएको छ । बिहिबार भएकाे उद्घाटन खेलमा निकाेलस पुरनकाे कप्तानीमा रहेकाे नर्थन वारियर्सविरुद्ध कामी आवद्ध  मराठा ५ विकेटले विजयी भएको हाे ।

नर्थनले दिएको १ सय २८ रनको लक्ष्य मराठाले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि विकेटकीपर/ब्याट्सम्यान अब्दुलशकूर बंगाशले २८ बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए । त्यस्तै, मोहम्मद अफीजले १९, लउरी इभन्सले ९, इशान मलोहत्राले ८, मोसाद्देक हुसेनले अविजित ९ र जाविद अहमेदीले ६ रनको योगदान दिए । बलिङमा फाबियन आलेनले दुई रियाद इमरित र महेश थिक्सीक्षाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नर्थनले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि लिन्डल सिमन्सले अविजित ५४, रोभवेन पावेलले नटआउट २२, ब्रेण्डन किंग्ले २९ र कप्तान निकोलश पूरनले १९ रन बनाए । बलिङमा मुक्तर अलिले एक विकेट लिए भने अन्य सबै विकेट विहिन बनेका छन ।

नर्थनविरुद्ध डेब्यू गरेका नेपाली खेलाडी कामीले  २ ओभरमा २८ रन खर्चिए । पहिलो ओभरमै विकेटकाे माैका बनाएपनि फिल्डरकाे गल्तिले उनि विकेट लिनबाट भने चुके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *