चाल्सामा जिबिकोपार्जन पुनः स्थापना सहयोग सामाग्री हस्तान्तरण

चाल्सामा जिबिकोपार्जन पुनः स्थापना सहयोग सामाग्री हस्तान्तरण

वाक नेपाल र वल्डभिजन इन्टरनेटनेस्नल नेपालको सयुक्त साझेदारिमा संचालित
उथानशिल जिबिकोपार्जन परियोजना अन्तर्गत कमलबजार नगरपालिका वार्ड नम्बर २,३,४,५ का १८ जना जोखिममा रहेका कृषक हरुलाइ उनिहरुको जिबिकोपार्जनमा सहजता ल्याउने उदेश्यले जिबिकोपार्जन पुनः स्थापना सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

जस अन्तर्गत ७ जना लाई प्लास्टिक घरभित्र तरकारी खेती ६ जना लाई च्याउ खेती र ५जना लाई बर्से आलु खेतीका लागि आवस्यक बिउबिजन र सामग्री प्रदान गरिएको छ ।
वाक नेपाल उत्थानशिल जिबिको पर्जन परियोजना का सयोजक दिलिप बोहरा को अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अथिती कमलबजार नगरपालिका का वडा नम्बर ४ का वडा अध्यक्ष ललित ढोली रहनुभएको थियो ।

प्रमुख अथितीको आसन बाट बोल्दै वडा अध्यक्ष ढोलीले सहयोग गरिएको सामाग्रीको सहि सदुपयोग गरि आय आर्जनमा वृद्धि गर्न सहभागी हरु लाई अनुरोधका साथै वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

वाक नेपालका सामाजिक परिचालक डबल प्रसाद भाटले सन्चालन गरेको कार्यक्रम मा स्वागत मन्तव्य वाक नेपाल का जिबिको पार्जन अधिकृत धिरज ढुंगाना ले राख्नु भएको थियो । उक्त कार्यक्रममा वाक नेपालका कर्मचारी खगेन्द्र बडुवालको समेत सहभागीता रहेको थियो।

 

Leave a Reply