अछाममा पनि विभाजित भयो नेकपा निकट पत्रकार संगठन

अछाममा पनि विभाजित भयो नेकपा निकट पत्रकार संगठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता डा. भीम रावलको गृहजिल्ला अछाममा प्रेस संगठन, नेपाल औपचारिक रुपमै विभाजित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपानिकट पत्रकारहरुले अछाममा प्रेस संगठनका सहसंयोजक कृष्णबहादुर बुढाको संयोजकत्वमा संगठन पुनर्गठन गरेका छन् । जसको सहसंयोजक टेकबहादुर थापा लाई बनाइएको छ ।

पार्टीमा देखिएको विभाजनपछि पहिलो पटक जिल्लामा नेकपाको भ्रातृ संगठन औपचारिक रुपमै विभाजन भएको हो । यसअघि प्रेस संगठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतले संयोजक महेश्वर दाहाललाई कारबाही गरेका थिए ।

केन्द्रमा केन्द्रीय संयोजकलाई कारबाही गरिएको भए पनि अछाम भन्दा अगाडि कुनै पनि जिल्लामा नेकपाका भ्रातृ संस्थाहरु विभाजन भएका थिएनन् । नेता रावलको गृहजिल्ला अछाममा तत्कालीन प्रेस चौतारी आवद्ध ८० प्रतिशत पत्रकारहरु ओली समूहमा गएका स्रोतको दाबी छ ।

Leave a Reply