मंगलसेन नगरपालिकाको छैटौं नगरसभा तथा हिउदे अधिवेशन सम्पन्न

मंगलसेन नगरपालिकाको छैटौं नगरसभा तथा हिउदे अधिवेशन सम्पन्न

कमल रावल, अछाम:मंगलसेन नगरपालिकाको छैटौं नगरसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ ।

६ महिनाको अवधिमा नगरले गरेको प्रगती विवरण सार्वजनिक गरिनुका साथै नगरपालिकाको कार्यपालीका बैठकले पारित गरेका विभिन्न कार्यविधिको बारेमा जानकारी सहीत सार्वजनिक गरिएको थियो ।अधिबेशनको बन्दसत्रले राजस्वको केही आय शिर्षकहरु संसोधन र २ वटा ऐन पारीत गर्नुका साथै ६ वटा कार्यविधि अनुमोदन २०७६÷०७७ को यथार्थ ०७७÷०७८ र ०७८÷०७९ को अनुमानित आयको लागी प्रक्षेपण गरेको सुचना अधिकारी बिष्णु प्रसाद जैसिले जानकारी दिनु भयो ।

मंगलसेन नगरपालीका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भमा नगरपालीका मार्फत ६ महीनाको अवधिमा भएका काम सार्वजनिक पछी नगरसभाका सदस्य तथा जिल्ला स्थित पत्रकारले सुझाब सहित जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमका सहभागी पत्रकारले जनप्रतीनीधीले भौतिक बिकासलाई मात्र प्राथमिकता दिएकाले समाजिक अभियानमा जोड् दिन सुझाब दिएका थिए ।

आफ्नो जग्गा आफ्नो बारी, बाझो नराखी बनाऔँ हरियाली, नाराका साथ भएको कार्यक्रममा कृषि, पशुपालन, स्वास्थ्य, महिला, शिक्षा, बालबालीकाका क्षेत्रका कार्यक्रममा बिशेष ध्यान दिन आग्रह गरिएका थिए । सहभागीको प्रश्नको जवाफ दिदै मंगलसेन नगरपालीका प्रमुख पदम बहादुर बोहराले हरेक क्षेत्रलाई सम्बोधन गर्दै अघि बढेको बताउनु भयो ।

नगरपालीकालाई मात्रै दोष थुपार्नु भन्दा पनी वडा तहमा बिकासका लागी थुप्रै बजेट आएकाले सबैले कार्यान्वयन गर्दै लैजानु पर्ने बताउनु भयो । नगरको दुर्गम वडा बस्तीमा बिकासले फडको नमार्नुको दोष स्वयम त्यहीका जनता भएकाले आगामी दिनमा गाउको बिकासका लागी सबै एकजुट भएर जानु पर्ने बताउनु भयो ।

हिउदे अधिबेशनमा यस आर्थिक बर्षमा कार्यान्वयन हुने गरि नगरका सबै वडामा १ सय ४६ योजना मध्ये २३ योजनाको मात्रै अहीलेसम्म सम्झौता हुन सकेको प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनु भयो ।

नगरका विभिन्न वडामा आवश्यक सहीत गौरबका योजनालाई कार्यान्वयनका लागी पुर्बाधार, सडक बोर्ड, प्रदेश, स्थानीय पुर्वाधार लगाएत क्षेत्रमा सिफारिस गरेर पठाईएको सोडारीले जानकारी दिनु भयो ।

मंगलसेन नगरपालीका आर्थिक बर्ष २०७७÷०७८ मा चालु र पुजिगत तर्फ गरि बिनियोजित ५९ करोड बढी रकम मध्ये ६ महीनाको अवधिमा झण्डै ३५ प्रतीशत खर्च भएको पाईएको र यस आर्थिक बर्ष २०७५÷०७६ को नाममा ५ करोड बढी बेरुजु रहेको उहाँले बताउनु भयो ।

मंगलसेन नगरपालीका उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालीका सदस्य, सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, पत्रकारको सहभागीता रहेको थियो ।

Leave a Reply