जन्म दिनको उपहार : बाढी पिडितलाई आर्थिक सहयोग

जन्म दिनको उपहार : बाढी पिडितलाई आर्थिक सहयोग

अछाम । नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले आफ्नो जन्म दिनको अवसरमा रामारोशनका बाढीपिडितहरुका लागि आर्थिक सहयोग गर्नु भएको छ ।

जन्म दिनको अवसर पारेर ढुंगानाले रामारोशनका बाढी पिडितका लागि नगद ५ हजार १ सय ५ रुपयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

अछामको रामारोशनमा भाद्र २ गते आएको बाढी पहिरोबाट पिडितहरुलाई उनले सहयोग गरेका हुन् ।

जन्म दिनमा फजुल खर्च गर्नुभन्दा समाजसेवाको भावनाले परोपकारी काम गर्नु उत्तम भएको भन्दै ढुंगानाले उक्त कार्य गरेका हुन् ।

जन्म दिनको उपहार स्वरुप ढुंगानाकी धर्म पत्नी मनकला न्यौपाने ढुंगानाले उक्त सहयोग रकम बाढी पिडितहरुका परिवारका लागि प्रदान गरेकी हुन् ।

Leave a Reply