काठमाडौंका यी अस्पतालबाट दिइँदै कोरोनाविरुद्धको खाेप

काठमाडौंका यी अस्पतालबाट दिइँदै कोरोनाविरुद्धको खाेप

काठमाडौं:  प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको ‘कोभिशिल्ड’ खोपको भर्चुअल शुभारम्भ गरेका छन्। काठमाडौं उपत्यकामा १७ स्थानबाट कोरोना विरुद्धको खोप दिइने भएको छ।

उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। जसमा काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरमा २ अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ।

काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गंगालाल अस्पताललगायतलाई केन्द्र बनाइएको छ।

यस्तै, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र बनाइएको छ। भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा केन्द्र बनाइएको छ।

काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ। यस्तै आमागी माघ १८ गतेभित्र सबै जिल्लाका ३ सय खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ। नेपाल सरकारले गत माघ ८ गते अनुदानमा भारतबाट १० लाख मात्रा खोप ल्याइएको हो।

 

Leave a Reply