धर्म निरपेक्षतालाई खारेज गरौं:प्रवक्ता शाह

धर्म निरपेक्षतालाई खारेज गरौं:प्रवक्ता शाह

काठमाडौं माघ१२:बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले धर्म निरपेक्षतालाई खारेज गर्न माग गरेका छन। संघका प्रवक्ता शाहले आज सामाजिक संजाल मार्फत यस्तो माग गरेका हुन। उनले प्रधानमन्त्रीले आज पसुपतिनाथको मन्दिरमा पुजाआजा गरेको प्रसंगलाई ब्याङ्गे गर्दै यस्तो माग गरेका हुन। प्रवक्ता शाहले सामाजिक संजालामा भनेका छन “हरेक संकटमा हामि सबैले खोज्ने पसुपतिनाथ,अनि हामिले किन धर्म निरपेक्षतालाई हालेको काध??धर्म निरपेक्षता खारेज गरौं।” प्रवक्ता शाहले नेपालको पहिचानको रक्षा गरेर नेपालको मौलिकतालाई बचाउन नेपालको संबिधानमा भएको धर्म निरपेक्षतालाई खारेज गरेर नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा वकाल गर्दै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *