प्लास्टिक घर निर्माण सम्बन्धि दुई दिने तालीम चाल्सामा सम्पन्न

प्लास्टिक घर निर्माण सम्बन्धि दुई दिने तालीम चाल्सामा सम्पन्न

अछाम :कमलबजार नगरपालिका कृषि विकास शाखाको आयोजनामा प्लास्टिक घर निर्माण सम्बन्धि दुई दिने तालीम वडा नम्बर ४ चाल्सामा सम्पन्न भएको छ ।

कमलबजार नगरपालिका वडा नम्बर ४ का २० जना अगुवा कृषकरुलाइ उक्त तालिम दिइएको थियो ।

किसानलाई व्यावसायिक बनाएर आर्थिक सुधारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको  कमलबजार नगरपालिका कृषि विकास शाखा प्रमुख सुनिल कुवरले वताउनुभयो । तालिममा बेमौसमी तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाइदा, महत्त्व र प्लास्टिक घर निर्माण, बिरुवा लगाउने तरिका तथा ध्यान दिनुपर्ने कुराहरूका विषयमा सिकाइएको थियो। तालिममा सहभागी अगुवा कृषकहरुलाइ काक्रा ,फर्सी ,प्लास्टिक पोलिहाउस निशुल्क रूपमा उपलब्ध गराइएको थियो ।  यो तालिम निकै महत्त्वपूर्ण भएकोले  अब कृषकहरुले  बेमौसमी तरकारी उत्पादन गरि उनीहरुको आर्थिक आयआर्जनमा निकै टेवा पुग्ने   वडा अध्यक्ष   ललित बहादुर ढोलील बताए ।
उक्त तालिमको सहजीकरण कृषि विकास शाखा प्रमुख कुवरले  गरेका थिए।

Leave a Reply