लुम्बिनीसँग ६२ रनमै समेटियो सुदूरपश्चिम

लुम्बिनीसँग ६२ रनमै समेटियो सुदूरपश्चिम

चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा समुह ‘बि’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिमले फितलाे ब्याटिङ गर्दै लुम्बिनी प्रदेशसामु ६२  लक्ष्य पेश गरेकाे छ ।  मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्  ।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिनुभयो । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई÷दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक एक विकेट लिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *