धितोपत्र व्यापारकाे काम गर्न नागरिक स्टक डिलरले पायाे अनुमति

धितोपत्र व्यापारकाे काम गर्न नागरिक स्टक डिलरले पायाे अनुमति

काठमाडौं : नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले धितोपत्र व्यापारको काम गर्न अनुमति पाएको छ। कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न बोर्ड समक्ष निवेदन दिएको थियाे । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो। याेसँगै कम्पनीले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति पाएको छ ।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी २०७६ फागुन १ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा संशोधन गरेको थियो ।

साथै, नेपाल सरकारको बजेट बक्तव्यमा समेत पुँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *