कोरोनाविरुद्धको खोप बुझ्दै प्रधानमन्त्रीले भारतलाई दिए धन्यवाद

कोरोनाविरुद्धको खोप बुझ्दै प्रधानमन्त्रीले भारतलाई दिए धन्यवाद

भारतले उपलब्ध गरेको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई कोरोनाभाइरस विरुद्धको १० लाख डोप हस्तान्तरण गरेका हुन्।

भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज बिहीबार नै काठमाडौं पठाएको थियो ।

खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय रहेको बताए  ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताए । उनले आगामी दिनमा नेपाल भारत सम्बन्ध थप प्रगाढ हुदै जाने प्रतिवद्धता जनाएका छन । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खिटएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने सरकारको तयारी छ ।

Leave a Reply