चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै, कसकाे भाग्य चम्किएला?

चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै, कसकाे भाग्य चम्किएला?

काठमाडौं : चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ यहि साताभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमई क्यापिटलले आइपीओ शुक्रबार बाँडफाँट हुने जानकारी दिएको छ ।

क्यापिटलका अनुसार बुधबार प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ ।  कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । यसको अर्थ ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *