भोलीदेखि कक्षा १२ को परीक्षा हुँदै, यस्तो छ स्वास्थ्य सुरक्षा

भोलीदेखि कक्षा १२ को परीक्षा हुँदै, यस्तो छ स्वास्थ्य सुरक्षा

लकडाउनका स्थगित गरिएको कक्षा १२ को परीक्षा मंगलबारदेखी सुरु हुदैछ । कोरोनाभाईरस (कोभिड–१९) संन्त्रासका कारण सरकारले मुलुकभर नै लकडाउन गरेपछि परीक्षा पनि स्थगित भएको थियो । लकडाउनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गराउन राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ । परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ ।भोली मंगलबार देखी हुन लागेको कक्षा १२ को परीक्षाका लागि प्रत्येक केन्द्रमा अनिवार्य हेल्थ डेक्स राख्नुपर्ने मापदण्ड पनि तयार पारेको छ ।

डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्नेछ । परीक्षा सम्बन्धी कार्यविधीमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यावस्था गर्न परीक्षा बोर्डले आग्रह गरेको छ । भोलीदेखी हुन लागेको परीक्षामा मुलुकभर ४ हजार १०५ वटा केन्द्रमा परीक्षा हुदैछ । बोर्डले तयार पारेको कार्यविधीमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ ।

दुई–दुई मिटरको दुरीमा मात्रै परीक्षार्थीलाई राख्न बोर्डले आग्रह गरेको हो । परीक्षा बोर्डले निर्देशन गरेको कार्यविधी अनुसार यहाँका निजी तथा सामुदायिक कलेजहरु पूर्ण रुपमा तयारी गरेका छन् । विराटनगर १० मा रहेको लर्ड बुद्ध कलेजले कोरोना माहामारीको उच्च जोखिम न्यूनिकरणको लागी एक विद्यार्थी एक बेन्च बनाएर परीक्षा दिने तयारीमा जुटेको लर्ड बुद्ध कलेजका प्रवद्धक निर्देशक राजेश भट्टराईले जानकारी दिनुभयो । परीक्षा केन्द्रमा प्रवेशद्धारा देखी तापक्रम नाप्ने हात धुने लगायतका स्वास्थ्य मापदण्डका विधि अपनाइने भएको हो ।

Leave a Reply