काममा फर्किनुपहिले कैटरिनाको कोरोना परीक्षण, भाइरल भयो भिडियो

काममा फर्किनुपहिले कैटरिनाको कोरोना परीक्षण, भाइरल भयो भिडियो

बलिउड अभिनेत्री कैटरिना कैफ आफ्नो पूरा समयको तालिकाअनुसार काममा फर्किँदै छिन्। कोरोना महामारीको समयमा उनले पूरा सावधानी अपनाएकी छन्। अभिनेत्री हालै आफ्नो सुटिङ टिमको साथमा माल्दिभ्सबाट फर्केकी छन्। त्यहाँ उनले रमाइलो गरेका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए।

कैटरिना कैफले आफ्नो अभिनय जीवनमा धेरै उतारचढावको सामना गरेकी छन्। एउटा अन्तर्वार्ताका दौरान उनले रनवीर कपुरसँग ब्रेककप भएपछि आफू निकै पीडामा रहेको र त्यसपछि फ़ेरि त्यही ब्रेकअपले आफूलाई मजबुत बनाएको पनि बताएकी थिइन्। कैटरिनाको फ्यान फ्लोइङ धेरै राम्रो छ। फ्यानहरूले उनलाई माया गर्छन्। कैटरिना सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र आफ्ना तस्वीरहरू पनि साझा गर्दछिन्।

अब कैटरिना आफ्नो समय तालिकाअनुसार पूरा समय काममा लाग्ने तयारीमा छिन्। यसका लागि उनको कोरोना टेस्ट गरिएको छ। अभिनेत्रीको स्वाब संकलनको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। हेरौं भिडियो

 

View this post on Instagram

 

A post shared by Katrina Kaif (@katrinakaif)

Leave a Reply