सुरेश लामा नेपाल स्टारको टप १४ मा , मलेसियादेखि नेपाल स्टारसम्म….

सुरेश लामा नेपाल स्टारको टप १४ मा , मलेसियादेखि नेपाल स्टारसम्म….

काठमाडाैँ :  नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टारकाे टप १४ मा पग्ने प्रतिस्पर्धीहरूकाे टुङ्गाे लागेकाे छ । विभिन्न चरणहरू पार गर्दै टप १८ मा पर्न सफल प्रतियाेगीहरुबाट दर्शककाे भाेट र निर्णायककाे मुल्याङ्कनका आधारमा शनिबार प्रशारण कार्यक्रममा टप १४ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो  ।

सुरेश लामाको उत्कृष्ट प्रस्तुति
काठमाडौं तारेभिरका सुरेश लामाले वाईवाई नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएका छन् । स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको कालजयी गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ गाएका लामाले जज र अथिति जजबाट स्ट्याण्डिङ अवेसन प्राप्त गरेका छन । उनको प्रस्तुति पछि जज आलोक श्री र अतिथि रहेका सन्दीप क्षेत्रीले खुलेर तारिफ गरेका थिए । विभिन्न चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएका लामा नेपाल स्टारको टप १४ मा पुग्न सफल भएका छन् ।

को हुन् सुरेश लामा
काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट २८ बर्ष अघि जन्मिएका लामा सानै उमेरदेखि गीत गाउने भएपनि कुनै रियालिटी शोमा सहभागिता भने जनाएका थिएनन । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको स्मरण गर्ने उनले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । आफुमा धेरै सम्भावाना भएपनि बाध्यताले पिल्सिएर बैदेशिक रोजगारको लागि मलेसिया भासिएका उनले आफु पराइ भुमिमा रहेकै बेला आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो ।

आजसम्म कुनै संगीतको कक्षा नलिएका लामाले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताएका छन् । संगीतकार न्यू बज्राचार्य र अनि छोयिंग डोल्मालाई आफ्नो इन्स्प्रेसन मान्ने गर्दछन । पहिलो पटक रियालिटी शोमा प्रतिष्पर्धा गरेका लामाले अडिसनबाटै सबैको मन जित्दै आएका छन् । उनले फत्तेमान राज भण्डारीको स्वरमा सजिएको कलाजयी गीत ‘मर्न बरु गार्हो हुन्न’ गाउँदै सबैको मन जितेका थिए । उनले पिठ्युमा स्याउलाको भारी, तिम्रो जस्तो मुटु मेरो पनि, आओ यादहरु हो आओ, सैलुंगे मेला म जाँदा, अल्झेछ क्यारे पछ्यौरी लगायतका गीतहरुमा आफ्नो बेजोड प्रस्तुति दिइसकेका छन् ।

भोट गर्ने तरिका 
सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भाेटिङ साेमबार राती १२ बजेसम्म खुल्ला रहनेछ ।

Leave a Reply