विप्लव नेकपाका अर्थ विभाग प्रमुख प’क्राउ

विप्लव नेकपाका अर्थ विभाग प्रमुख प’क्राउ

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले प’क्राउ गरेको छ ।

एवम् पोलिटव्युरो सदस्यसमेत रहेका अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई प्रहरीले नख्खु क्षेत्रबाट प’क्राउ गरेको हो । प’क्राउ पुष्टि गर्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आ’पराधिक र अ’पहरणकारी शैलीमा गिर’फ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।

प्रकाण्डले  शनिबार विज्ञप्ति जारी गर्दै नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई ज’बर्जस्ती च’न्दा अ’सुली र ध’म्कीको मिथ्या अ’भियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गि’रफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घो’र उ’ल्लङ्घन भएको विप्लव समूहको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *