बरिष्ठ सर्जन डा. मुडभरीको कोरोनाबाट निधन

बरिष्ठ सर्जन डा. मुडभरीको कोरोनाबाट निधन

काठमाडौँ : कोरोना भाइरसबाट  वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापकसमेत रहेका शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।

Leave a Reply