पार्टिको विधि प्रणालीलाई मिचेर अघि बढनु गलत हो : नेता रावल

पार्टिको विधि प्रणालीलाई मिचेर अघि बढनु गलत हो : नेता रावल

कमल रावल, मंसिर ३ अछाम:नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थायी कमिटी सदस्य डाक्ट्र भिम रावलले प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपि शर्मा वली पार्टिको विधि प्रणालीलाई मिचेर अघि बढेको आरोप लगाउनु भएको छ । हरेक स्थायी कमिटी बैठकका निर्णय वलिले लत्याउदै हिडदा पार्टिमा अहीलेको समस्या आईपरेको बताउनु भयो । प्रेस संगठन अछामले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पुर्व उप्रधान तथा गृहमन्त्रि समेत रहेका नेता रावलले पटक पटकका निर्णय कार्यान्वय गर्न नसक्नु वलीको कमजोरी भएकाले के कारणले कार्यान्वय गर्न सकिएन त्यसको तुरुन्तै धारण प्रस्तुत गर्न सके मात्र समस्या समाधान हुदै जाने बताउनु भयो ।

संगठन अछामका सयोजक नरेन्द्र रावलको अध्यक्षतामा भएको नेता रावलले पार्टि एकिकरणका बेला पारित गरेका राजनितीका बुदालाई अक्षरस कार्यान्वयन गर्दै जानु पर्ने बताउनु भयो । हरेक नेतालाई पार्टिले तयार पारेको प्रतिवेदनका बारेमा जानकारी भएकाले जनताको जनवादको धारण सबैले अगाडी बढाउदै जानु पर्ने बताउनु भयो । हरेक कुरालाई विवादको बिषय भन्दा पनी समाधान तिर सबै अगाडी बढनु पर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेकपा अछामका ईञ्चार्ज तथा राष्ट्रिय सभा सदस्य तारामान स्वार, जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, प्रतिनीधी सभा सदस्य यज्ञ बोगटी, पार्टि सचिव झपट साउद, प्रदेश कमिटी सदस्य पुष्पराज भट्ट, शिवराज ढुगाँना, होम बहादुर साउद, जिल्ला सदस्य हरिशचन्द्र बिश्वकर्मा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन संगठन अछामका जिल्ला सह संयोजक कृष्ण बहादुर बुढाले गर्नु भएको थियो ।

Leave a Reply