निःशुल्क खाना खुवाउने ठाउँ थापाथली सारियो

निःशुल्क खाना खुवाउने ठाउँ थापाथली सारियो

काठमाडौं : काेराेना भाइरसका कारण समस्यामा परेकाहरूलाई निःशुल्क खाना खुवाउने अभियान खुलामञ्चबाट थापाथली स्थित प्रसूति गृह पछाडि सारिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो ।

महानगरपालिकाले  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

त्यस्तै आवस्यक  पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि उनले बताए । उनले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन समेत आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलहरुमा भिडभाड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *