चिसो बढेपछि उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

चिसो बढेपछि उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

हिमाली क्षेत्रमा हिमपात र माैसम आंशिक बदली हुँदा काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । पछिल्लाे केहि दिनदेखि  जाडो बढ्दै गएको छ।

मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको हो। त्यस्तै सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो।

हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो । अहिले सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *