कंगो घटनाकाे फोटो सार्वजनिक गर्ने सैनिक बर्खास्त

कंगो घटनाकाे फोटो सार्वजनिक गर्ने सैनिक बर्खास्त

शान्ति मिसनमा अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि कु’टपिट भएको फोटो सार्वजनिक गर्ने सैनिक ब’र्खास्तीमा परेका छन्।

नेपाली सेनाको मिडिया सम्बन्धी नीति र सामाजिक सञ्जालको आ’चारसंहिता विपरित काम गरेको आ’रोपमा सैनिक अदालतले ती सैनिकलाई ब’र्खास्ती गर्ने फै’सला सुनाएको हो।

भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि ती सैनिक ब’र्खास्तीमा परेका हुन्। उनलाई ६ महिनाको स’जाय समेत सैनिक अदालतले सु’नाएको छ। असोज पहिलो साता कंगोमा तीन सैनिक अधिकृतले एक सैनिक जवानलाई  कु’टपिट गरेका थिए।कुटपिटपछि ती सैनिकको शरीरमा नि’लडाम भएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घ’टनाबारे छा’नविन गर्न सेनाले कोर्ट अफ इन्क्वायरी गठन भएको थियो।

छा’नबिनका क्रममा ९ जनालाई सैनिक अदालत लगिएको थियो। ३ जना अधिकृतलाई सैनिक व्यक्तिलाई कु’टपिट गरेको भनेर १ वर्ष बढुवा रोक्का गर्ने फैसला सैनिक अदालतले गरेको छ। घ’टनामा सं’लग्न अन्यलाई नसियत दिइएको छ। अ’नुशासन तथा आचरण सम्बन्धी व्यवस्था अनुसार सबैलाई का’रबाही भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लव पौडेलले बताए।

Leave a Reply