प्रधानमन्त्री ओलीले देशलाई अँध्याराेमा धकेले – प्रवक्ता शर्मा

प्रधानमन्त्री ओलीले देशलाई अँध्याराेमा धकेले – प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अँध्याराेमा धकेलेकाे आ’रोप लगाएका छन्।

नेपाली कांग्रेस क्षेत्र नं. ६ प्रदेश र निर्वाचन नं. १ ले आयाेजना गरेकाे वृहत विराेध सभालाई आज भृकुटीमण्डपमा सम्बाेधन गर्दै शर्माले प्रधानमन्त्री ओलीले अँध्याराेमा धकेलेकाे देशलाई कांग्रेसले उज्यालाेमा ल्याउने बताएका हुन् ।

इतिहासका सुन्दर घडीहरूलाई एउटा प्रधानमन्त्रीकाे सनकले भत्काइदिएकाे जिकिर गर्दै उनले आज शाषककाे सनक र जनताकाे द्वन्द्वमा देश जकडिएकाे छ बताए ।  उनले भने, `अमेरिकामा ट्रम्पवाद र नेपालमा भ्रमवाद एकैपटक बढारिँदैछन्। यी दुई उग्र राष्ट्रवादीहरूकाे पतन हुन अब लामाे समय लाग्दैन। चाँडै याे उग्रवादकाे रङ खुइलिँदैछ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *