संसद् पुनःस्थापना सम्भावना छैन : गृहमन्त्री थापा

संसद् पुनःस्थापना सम्भावना छैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन्  ।

नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे ।

आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपात्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनेजस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको वताउँदै गृहमन्त्री थापाले अव राष्ट्रियताको नारा लिएर ताजा जनादेशमा जाने बताए ।

Leave a Reply