मालिका वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न

मालिका वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न

मालिका वचत तथा ऋण सहकारी संस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकिएको छ । काठमाडौ महानगरपालिका व्याय प्रशाशक सुमन अधिकारीको प्रमुख आतिथ्यमा भएको संस्थाको साधारण सभामा आ व २०७६/२०७७ मा गरेका सम्पूर्ण कामहरुको संक्षिप्त वित्तीय विवरण सस्थाका अध्यक्ष जनक बहादुर धामीले प्रस्तुत गर्नु भएको थियो ।

सभामा प्रमुख अथितीको आसन बाट बोल्दै अधिकारीले संस्थाको वित्तीय विवरण र सुचाङ्क राम्रो रहेको कुरा प्रस्ट्याउनु भयो । संस्थाका मुख्य प्रबन्धक धामिले संस्थाले सहकारीको क्षेत्रमा एउटा नमुना सहकारीको रुपमा काम गरेको बताउनुभयो । सस्थाले आफ्नो रोहवर सदस्य हरुलाई सम्मान गर्ने कार्य अन्तरगत सस्थाका उल्लेखनीय कारोवार गर्ने उत्कृष्ट सदस्यलाई सम्मान समेत गरेको छ ।

साथै यस सस्थाले एसइइ मा उत्कृष्ट अंक ल्याउने सदस्य का रोभर सदस्यका छोरा छोरीलाई प्रशंसा पत्र र पुरस्कार समेत वितरण गरेको छ । साथै सस्थाले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि कदर पत्रद्वारा सम्मान गरेको छ । सस्थाका प्रबन्धक जनक बहादुर धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply