१० महिनापछि खुल्यो मुक्तिनाथ

१० महिनापछि खुल्यो मुक्तिनाथ

मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर मंगलबारबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।

मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो ।  कोरोना भाइरसका कारण १० महिना अघिबाट बन्द मुक्तिनाथधाम दर्शनका लागि खुल्ला गरिएकाे हाे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सु-प्रसिद्ध मानिएको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ खुल्ला गर्ने संम्वन्धमा भएको विभिन्न सरोकारवाला निकायको समन्वय र बृहत छलफलपछि अंग्रजी नयाँ वर्षको दिन मुक्तिनाथ खुल्ला गर्ने घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *