नेपाली सेनाकाे विभिन्न पदमा भर्ना खुल्यो, (सूचनासहित)

नेपाली सेनाकाे विभिन्न पदमा भर्ना खुल्यो, (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ । मंगलबार श्री भर्ना छनाेट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाबाट जारी एक सूचनामार्फत विभिन्न ११ पदमा दरखास्त आह्वान गरेको हाे ।

सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो ।  सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *