बिरोधको संकेत भन्दै ओली समुहको कार्यक्रममा कालो टोपी, गलबन्दी मास्क र लगाउन प्रतिबन्ध

बिरोधको संकेत भन्दै  ओली समुहको कार्यक्रममा कालो टोपी, गलबन्दी  मास्क र लगाउन प्रतिबन्ध

प्रधानमन्त्री केपी शर्मा ओली समुहकाे कार्यक्रमहरुमा कालो मास्क कालो टोपी र कालो गलबन्दी लगाउन निषेध गरिएको छ ।

प्रधानमन्त्ती केपी शर्मा ओली समुहको नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रममा कालो टोपी, मास्क र गलबन्दी लगाउनेहरुलाई प्रतिबन्ध गरिएको छ ।

कालो रंङका मास्क, टोपी तथा गलबन्दी लगाए कार्यक्रमको बिरोध गरेको संकेत हुने देखिएकाले यसको प्रतिबन्ध गरेको ओली समुहका नेताहरुले बताएका छन् । यसअघिका कार्यक्रममा कालो मास्क, टोपी तथा गलबन्दी लगाएर आएकाहरुले कार्यक्रमको बिरोधको संकेत गरेको ती नेताहरुको दाबी छ ।

शनिबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्ती रामबहादुर थापा बादल, उपप्रधानमन्त्री इश्वर पोखरेल र शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बाधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्ती ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समुहमा बिभाजित भएको छ । त्यसपछि दुवै समुहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

Leave a Reply