पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साहको गाडी

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साहको गाडी

सहरी विकास मन्त्री प्रभु साह सवार गाडीकाे ठ’क्करबाट पैदलयात्री घा’इते भएका छन् ।

शनिबार सर्लाहीको हरिवनमा मन्त्री साह सवार  गाडीको ठ’क्करबाट पैदल यात्रु लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङ घा’इते भएका हुन् । घा’इते तामाङकाे नमुना अस्पताल हरिवनमा उ’पचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको गाडी भने तामाङलाई ठ’क्कर दिएर भागेकाे छ । प्रत्यक्षदर्शीका जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार झण्डा हल्लाउँदै आएको मन्त्री सवार गाडीले तामाङलाई ठ’क्कर दिएको थियो । दु’र्घटना लगत्तै घा’इतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *