मेयरका बुवाको निधन, नगरपालिकाभर सार्वजनिक विदा

मेयरका बुवाको निधन, नगरपालिकाभर सार्वजनिक विदा

झापा:   कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ ।

मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको निधनको शोकका लागि भन्दै आज (पुस १६) गते नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले एक सूचना जारी गर्दै मेयर पोखरेलका बुवाको निधनमा शोक मनाउन भन्दै सार्वजनिक बिदा दिइएको जनाएका छन्।

मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार (पुस १५ गते) अपराह्न निधन भएको नगरपालिकाको सूचनामा उल्लेख छ।

दिवंगत पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा ४ पटकसम्म प्रधानपञ्च रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *