इन्डियन आइडलमा नेहा कक्कडका पति पुगेपछि…

इन्डियन आइडलमा नेहा कक्कडका पति पुगेपछि…

इन्डियाको सबैभन्दा ठूलो गायन रियालिटी शो हो इन्डियन आइडल। यो शो अब्बल गायकी क्षमता भएका प्रतिस्पर्धी र उनीहरूको गायनका कारण सधैं चर्चामा रहन्छ।

इन्डियन आइडलको आगामी अंकमा शो की जज नेहा कक्कड र उनका पति रोहनप्रीत एकसाथ देखिने भएका छन्। शो मा बिहे स्पेसल अंक देखाइने छ। यहाँ रोहनप्रीतले यति ठूलो स्टेजमा नेहाका कारण उभिन पाउँदा आफू धन्य र भाग्यमानी भएको तथा आफू र आफ्नो परिवारले नेहामाथि गर्व गर्ने कुरा बताउने छन्। साथै नेहाले कुनै चीज छोएमा त्यो चीज सुनजत्तिकै महत्त्वपूर्ण भैदिएको र नेहालाई पाएर आफू निकै खुसी भएको कुरा पनि बताउने छन्।

जानकारीका लागि अक्टोबर २०२० मा नेहा र रोहनप्रीतले बिहे गरेका हुन्। बिहे दिल्लीमा सम्पन्न भएको थियो। दुबैका बिहेका तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए।

Leave a Reply