‘प्रधानमन्त्रीले नेताहरूका फोन ट्याप गरिरहेका छन्’

‘प्रधानमन्त्रीले नेताहरूका फोन ट्याप गरिरहेका छन्’

काठमाडौँ:  नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले नेताहरूको फोन ट्याप भइरहेको बताएका छन्।

रोल्पाको लिवाङमा आज आयोजित सभामा बोल्दै पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी रूपमा राजनीतिक दलका नेताहरूको टेलिफोन ट्यापिङ भइरहेको बताएका हुन्।

फोन ट्यापिङ गरेर नेताहरुलाई तर्साउन त्यस्तो गरिएको उनले बताए। ‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ। नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको देशमा यो स्वीकार्य हुन सक्दैन।’

त्यस्तै उनले अस्वाभाविक रूपमा अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिस प्रधानमन्त्री भेटेर फर्कने र प्रधानमन्त्रीको पूर्वराजासँग साँठगाँठको चर्चा चलिरहेका बेला संसद विघटन हुनुलाई आफूहरूले गम्भीर रुपमा लिएको उनको भनाइ थियो।

 

Leave a Reply