बक्यौता नपाउँदै उखु किसानको मृत्यु

बक्यौता नपाउँदै उखु किसानको मृत्यु

र सरकारसँगकाे सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान उखु किसान नारायणराय यादवकाे  आज बिहान ११ बजे मृ’त्यु भएको छ । सरकारले यादवको बक्यौता रु २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो ।

यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको रु पाँच करोड दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो । सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरुको कूल बक्यौता रु ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको रु १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने  बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडाँैको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए । यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *