प्रकृतिकाे काखमा मल्लिकाकाे बिकिनी रुप, हेर्नुहाेस तस्वीर

प्रकृतिकाे काखमा मल्लिकाकाे बिकिनी रुप, हेर्नुहाेस तस्वीर

बलिउड नायिका मल्लिका शेरावत फिल्मदेखि टाढा रहेतापनि सामाजिक सञ्जालमा प्रायः उनको चर्चा भैरहन्छ। यी नायिकाको जीवनशैली तथा फिटनेस अक्सर चर्चाको विषय बन्ने गर्दछ। सामाजिक सञ्जालमा सक्रिय मल्लिका आफूसँग सम्बन्धित जीवशैली, खानपान तथा व्यायामका पोस्टहरू गरिरहन्छिन्।

यतिबेला मल्लिकाले मनाएको छुटीको प्रसङ्ग यत्रतत्र चर्चित भएको छ। हाल यी नायिका केरलमा आफ्नो छुट्टी मनाइरहेकी छन्। त्यहीँबाट नायिकाले आफ्ना विभिन्न फोटोहरू पोस्ट गरेकी छन् जसको सामाजिक सञ्जालमा खुब तारिफ भैरहेको छ।

मल्लिकाले केरल आफूलाई धेरै मनपर्ने ठाउँ भन्दै फोटोहरू सेयर गरेकी छन्। फोटोमा उनलाई मिश्रित रङको टु पिस लगाएर बगैंचामा पल्टेको देख्न सकिन्छ। पछाडितिर नारिवलको बोट पनि देखिएको छ। यसका अलावा नायिकाले अरू पनि फोटोहरू सेयर गरेकी छन् जुन अहिले चर्चाको विषय बनेका छन्।

बलिउडमा मल्लिका `मर्डर´ फिल्मपछि सेलिब्रेटी बनेकी हुन्। यस फिल्ममा इमरान हासमीसँगको रोमान्टिक भूमिकाका कारण मल्लिका रातारात स्टार बनेकी थिइन्।

 

View this post on Instagram

 

A post shared by Mallika Sherawat (@mallikasherawat)

Leave a Reply

Your email address will not be published. Required fields are marked *