ओली सरकारविरुद्ध विप्लवसहित चार पार्टीको मोर्चा बन्ने

ओली सरकारविरुद्ध विप्लवसहित चार पार्टीको मोर्चा बन्ने

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार दलले अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने भएका छन् ।

केपी ओली सरकारको निरंकुशता, फा’सिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी रहने भएका छन् ।

विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *