सुदूरपश्चिम : ओली समूहका एक्ला मन्त्री बर्खास्त

सुदूरपश्चिम : ओली समूहका एक्ला मन्त्री बर्खास्त

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।

बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए। नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलको दबाबपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *