संसद विघटनको असंवैधानिक कदम वि’रुद्ध कांग्रेसको वि’रोध सभा साफेबगरमा सम्पन्न

संसद विघटनको असंवैधानिक कदम वि’रुद्ध कांग्रेसको वि’रोध सभा साफेबगरमा सम्पन्न

अछाम – नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं १ को आोजनामा संसद विघटनको असंवैधानिक कदम वि’रुद्ध विरोध सभा साफेबगरमा सम्पन्न भएको छ।

क्षेत्रिय सभापति कृष्ण बुढाको सभापतित्वमा सम्पन्न भएको विरोध सभामा नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार रहेका थिए । प्रमुख अथितीको आसनबाट बोल्दै स्वारले नेपाली कांगेस बिधि बिधानलाई साछि राखेर अगाडि बढ्ने पार्टी भएका बताए ।

नेपाली कांग्रेसका नेता सुसिल कोइरालाको नेतत्वमा बनेको संबिधान रक्षा गर्न आन्दोलन गर्नु परेको बताए ।

यस्तै कार्यक्रम बोल्दै अछाममा कांग्रेस अन्तर घा’तका कारण चुनाव हार्ने गरेको उनले अबको निवार्चनमा अन्तर घातका गरेमा ठाउको ठाउ पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिने बताए ।

यस्तै कार्यक्रम बोल्नु हुदै बिशिष्ट अथिती पुर्व पार्टी सभापति एवम् महासमिति सदस्य मेगराज खड्काले नेपालमा स्थायीत्वको लागि नेकपालाई जनताले दुई तिहास बहुमत दिएको तर नेकपाले नेपाली जनताको मतको कदर नगरेको ओली र प्रचण्डको मिलन बैचारिक नभई स्वार्थको लागि भएको स्पष्ट भएको बताए ।

यस्तै उनले नेकपाको लडाईले देश नै दुर्र’दशा भोग्नु परेको कांग्रेश संबिधानको रक्षाको लागि सडकमा उत्रिएको बताए ।

सोहि कार्यक्रमा बोल्नु महासमिति सदस्य राजन कुवरले यो सरकाले भष्ट’चारी ब’लत्कारी हरुलाई सुरक्षा दिएको बताए ।

विरोध सभामा नेपाली कांग्रेसका महासमिति सदस्य अर्जुन ताम्राकार ,जिल्ला कार्य समिति कोषाध्यक्ष झंकर बहादुर साउद,बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष एव नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्र बहादुर खड्का ,जिल्ला कार्य समिति सदस्य राम बहादुर कुवर नेबिसंघका नृप साउद लगायतले मन्तब्य राखेका थिए।

Leave a Reply