१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

काठमाडौँ:  कक्षा १२ को छुट परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ। गत ८ वैशाखका लागि तोकिए पनि कोरोना महामारीका कारण स्थगित भएको परीक्षा गत ९ मंसिरदेखि १६ सम्म सञ्चालन भएको थियो। उक्त परीक्षामा सामेल हुन नसकेका विद्यार्थीका लागि परीक्षा गर्न लागिएको हो।

Leave a Reply