जिल्ला प्रशासन कार्यालय अछामद्वारा ज्येष्ठ नागरिकलाई कम्बल वितरण तिब्र

जिल्ला प्रशासन कार्यालय अछामद्वारा ज्येष्ठ नागरिकलाई कम्बल वितरण तिब्र

अछाम : जिल्ला प्रशासन कार्यालय अछामले चिसो मौसम सुरु भएपछि जिल्ला प्रशासन कार्यलय मंगलसेनमा विभिन्न कामले आउने ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण तिब्र गरेको छ ।

बृद्धबृद्धालाई थोरै भए पनि चिसोबाट बच्न राहत मिलोस् भन्ने उद्देश्यले कम्बल वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए

आर्थिक अवस्था निकै कमजोर भएका तथा साहरा कोही नभएका ज्येष्ठ नागरिकलाई बढी प्राथमिकता दिने गरेको उपाध्यायले बताए ।

अहिले सम्म २५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ ।

Leave a Reply