संसद विघटन गरेकी राष्ट्रपतिले बोलाइन् राष्ट्रियसभा बैठक

संसद विघटन गरेकी राष्ट्रपतिले बोलाइन् राष्ट्रियसभा बैठक

पुस ५  गते संसद विघटनकाे घाेषणा गरेकि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।

राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।  राष्ट्रपतिकाे संसद विघटन गर्ने निर्णयकाे चौतर्फी आलोचना भइरहेको बेला राष्ट्रियसभा बैठक आह्वान गरिएकाे हाे ।

 

Leave a Reply