देबकोटा बन्धु समाज अछामको प्रथम जिल्ला अधिबेशन देबकोटमा सम्पन्न

देबकोटा बन्धु समाज अछामको प्रथम जिल्ला अधिबेशन देबकोटमा सम्पन्न

सागर देवकोटा,अछामः जिल्लाको ढकारी गाउँपालिका ८ देबकोटमा देबकोटा बन्धु समाज अछामको जिल्ला अधिबेशन सम्पन भएको छ। देबकोटा बन्धु समाज अछामका अध्यक्ष नवराज देबकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती देबकोटा बन्धु समाजका केन्द्रीय कोषाध्यक्ष राजेन्द्र प्रसाद देबकोटा रहनुभएको थियो।

यस्तै अन्य अथितीमा देबकोटा बन्धु समाजका केन्द्रीय सदस्य कृष्ण प्रसाद देबकोटा, कैलाली जिल्लाका सदस्य हिरा देबकोटा, तुर्माखाद गाउँपालिका बन्धु समाजका हरिचन्द्र देबकोटा ,कमलबजार नगरपालिकाका छत्र राज देबकोटा, ढकारी गाउँपालिका सदस्य तुलाराम देबकोटा ,रामारोसन गाउँपालिकाका अध्यक्ष टंक प्रसाद देबकोटा तथा सम्पुणर् पालिकाका देबकोटा बन्धु समाजका सदस्य हरुको सहभागिता रहेको थियो ।

जसमा नवराज देबकोटाको सयोजकत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ। प्रमुख अथितीको आससन बाट बोल्दै केन्द्रिय कोषाध्यक्ष देबकोटाले समग्रमा देबकोटा बन्धु समाजको एउटा पहिचान बनाउनका लागि सबै देबकोटाले एक भएर लाग्नु पर्ने र उदगम स्थलको संरक्षणको लागि आफू लागिरहेको बताउनु भयो । गणेश प्रसाद देबकोटाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममाको संचालन केशवराज देबकोटाले गर्नु भएको थियो ।

Leave a Reply