वरुण धवन र साराको फिल्मले दर्शक निराश, यसरी उडाइयो फिल्मको मजाक

वरुण धवन र साराको फिल्मले दर्शक निराश, यसरी उडाइयो फिल्मको मजाक

वरुण धवन र सारा अली अभिनित फिल्म `कुली नं १´ अमेजन प्राइममा प्रदर्शन भैसकेको छ। चारैतिर फिल्मको चर्चा भैरहेको छ। लामो समयदेखि दर्शकहरू फिल्मको प्रतीक्षामा थिए।

वरुण र साराको जोडीले मच्चाउने तहल्का हेर्न दर्शकहरू उत्सुक र उत्साहित थिए। तर जुन उत्साहका साथ दर्शकहरू फिल्म हेर्न बसेका थिए, फिल्म आधा नहुँदै त्यो उत्साहमा तुसारो परेको छ। फिल्म हेरेर दर्शकहरू निराश भएका छन्। निम्छरो कथावस्तु र नायक नायिकाको `ओभर एक्टिङ्ग´ले भरिएको फिल्म `कुली नं १´ले दर्शकहरूलाई निराश बनाएको छ। यतिबेला सामाजिक सञ्जालभरि फिल्मको मजाक उडाइँदैछ भने विभिन्न किसिमका ट्रोलहरूले सामाजिक सञ्जाल भरिएको छ।

गोविन्दा र करिश्मा कपुर स्टारर सन् १९९५ मा आएको फिल्म `कुली नं १´ को रिमेक भनिएको वरुण धवन र सारा अली अभिनित यस फिल्मले दर्शकहरूको मन जित्न सकेन। फिल्मको मजाक उडाउँदै ट्वीटरमा अनेक किसिमका भद्दा मिमहरू बनेका छन् भने फिल्म हेरेका दर्शकहरू फिल्मलाई गाली गरेर थाकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *