समुदाय स्तरीय रुपान्तरण समुह कक्षा चाल्सामा गठन

समुदाय स्तरीय रुपान्तरण समुह कक्षा चाल्सामा गठन

अछाम :समुदाय स्तरीय रुपान्तरण समुह कक्षा गठन भेला कार्यक्रम कमलबजार नगरपालिका वडा न. ४ चाल्सामा समपन्न भएको छ ।

आस्था नेपालको आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा न. ४ कि महिला वडा सदस्य जागृती साउदको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

रुपान्तरण कार्यक्रममा बाल संरक्षण र रुपान्तरण कक्षा सञ्चालान गर्ने सम्बन्धि जानकारी गराइएको थियो । यस्तै यस कार्यक्रममा दर्ता गरिएका र दर्ता नगरिएका १० बर्ष देखि १९ बर्ष समुहका १ जना बालक सयोजक र २९ जना सदस्य बालबालिका ,वडा बाल संरक्षण सचिब ,समाजसेवि ,अभिभावकहरु,२ जना छनोट गरिएका सामाजिक सहजकर्ता र आस्था नेपालकि अम्बिका थापाको सहभागिता रहेको कार्यक्रमको संचालन आस्था नेपालका लभजङ्ग कुवरले गर्नुभएको थियो ।

Leave a Reply