यसकारण गोविन्दाको करियरमा धक्का लाग्यो, आफैले गरे खुलासा…

यसकारण गोविन्दाको करियरमा धक्का लाग्यो, आफैले गरे खुलासा…

एक समय यस्तो थियो, गोविन्दाको नामले बलिउड चिनिन्थ्यो। उनको हर एक स्टाइल चर्चित थियो। ९० को दशकमा बलिउड हल्लाएका नायक हुन् गोविन्दा। उनको डान्स, एक्सप्रेसन अनि अभिनय सबैले दर्शकलाई हलसम्म तान्न बाध्य गराउँदथ्यो। आफ्नो समयका सुपरस्टार थिए गोविन्दा।

तिनै सुपसस्टार अचेल फिल्मदेखि टाढा भएका छन्। एक आध फिल्ममा सानो रोलमा देखिएपनि गोविन्दाले फिल्म खेल्न छाडेको वर्षौँ भैसक्यो। आखिर किन यस्तो? उनका समकक्षीहरूले अझै बलिउडमा राज गरिरहेका छन्। गोविन्दा मात्र किन फिल्मदेखि टाढा? यसको जवाफमा गोविन्दा भन्छन्, “बलिउड एउटा ठूलो परिवार हो। परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध बनाएर अगाडि बढ्न सकेमा मात्र यहाँ टिक्क सकिन्छ। सबैले साथ दिएमा मात्र आफूले राम्रो गर्न सकिन्छ।”

कुनै पनि ठूलो ग्रुपसँग नजोडिएकाले नै आफ्नो करियर सकिएको सत्यलाई गोविन्दा मान्दछन्। उनी अगाडि भन्छन्, “मैले स्वतन्त्र भएर काम गर्नुको साटो कुनै ग्रुप अथवा हाउसमा आबद्ध भएको भए राम्रा फिल्महरू पाउथेँ।”

डाइरेक्टर डेविड धवनसँग गोविन्दाको मनमुटावले पनि उनको करियरमा धक्का पुर्‍याएको हो। जुन डाइरेक्टरसँग मिलेर काम गर्दा गोविन्दा सुपरस्टार भए, तिनैसँग मनमुटाव हुनु गोविन्दाको जिन्दगीको सबैभन्दा ठूलो नोक्सानी साबित भयो। भनिन्छ, गोविन्दासँग डेविड अब कहिल्यै काम गर्न चाहँदैनन्।

Leave a Reply