आफ्नै निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन

आफ्नै निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन

कैलाली :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको आफ्नै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ। मन्त्रीमा नियुक्त भएको २४ घण्टा नबित्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा  चौधरीको पुत्ला दहन गरिएको हो ।

नेकपा प्रचण्ड-माधव नेपाल समूहले पुत्ला दहन गरेको हो। निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेको र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले बताएका छन्।

‘उहाँले हामीलाई धोका दिनु भयो,’ चौधरीले भने, ‘हामीले विरोधमा पुत्ला दहन गरेका हौँ ।’ लामो समय दाहाल-माधव नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार एवं हेरफेर गरेका थिए, जहाँ उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए। यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए।

Leave a Reply